काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधानलाई नियुक्त गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई उक्त जिम्मेवारी दिएको हो ।
प्रधानले गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदबहाली गरेका छन् । शपथ ग्रहण कार्यक्रममा कम्पनी सञ्चालक समिति सदस्यहरू, उच्च व्यवस्थापन टोली, तथा कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।












प्रतिक्रिया दिनुहोस्