काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । दिउसो १ बजेको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य २८५ रुपैयाँ ४० पैसाले घटेर २ हजार ५६८ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको कमी आएमा त्यसमा नकारात्मक सर्किट लागेर कारोबार बन्द हुन्छ ।
यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने ५२ दशमलव ९३ अंकले बढेको छ । यो अघिल्लो कारोबार दिन भन्दा १.९९ प्रतिशतले धेरै हो । यो अवस्थामा नेप्से परिसूचक २७१० दशमलव ७१ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजारमा ६ अर्ब ९७ करोड माथिको कारोबार भएको छ ।












प्रतिक्रिया दिनुहोस्