Skip to content

ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य दिउसो साढे १ बजेको समयमा सर्किट लागेर कारोबार भएको हो ।

यो कम्पनीको सेयर मूल्य ११९ रुपैयाँ ९० पैसाले बढेर १ हजार ३१८ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा १० प्रतिशतले धेरै हो । यस अघि न्यादी हाइड्रोपावर र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

यो समाचार तयारपार्दासम्म समग्र बजार परिसूचक पनि ४७ दशमलव ७५ अंकले बढेर २७०५ दशमलव ५३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ७ अर्ब ९८ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi