Skip to content

कुमारी बैंकको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युतमा लगानी जुट्यो

nabil bank

काठमाडौं । कुमारी बैंकको अगुवाईमा मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी जुटेको छ । बैंकको अगुवाईमा गोरखाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको हो ।

लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि बिकास बैंक लगायतका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको हो ।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै, डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पूर्व आवश्यक ड्यू डिलिजेन्स स्ट्डी अगाडि बढाएको कम्पनीका अध्यक्षले बताए।

यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलविद्युत आयोजना २२ मेवा निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल बिद्युत प्राधिकरण सँग २०८० साल कार्तिक ०१ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति २०८६ साल वैशाख २२ रहेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताएका छन् ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेशनमा २२०र१३२ केभी मा जोडिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime