काठमाडौं । आइतबार सेयर बजार परिसूचक साढे २ प्रतिशतभन्दा बढीले बढेर कारोबार बन्द भएको छ । कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक २.६२ प्रतिशत अर्थात् ६९ दशमलव ८० अंकले बढेर बन्द भएको हो ।
सेयर बजार उच्च अंकले बढेको दिन ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २०२ कम्पनीको सेयर मूल्य बढेको दिन उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गरिमा विकास लघुवित्त, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबारब बन्द हुँदा उन्नति सहकार्यको सेयर मूल्य १५४ रुपैयाँ ५० पैसाले बढेर १ हजार ६९९ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेर १ हजार ३१८ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ११९ रुपैयाँ ९० पैसाले धेरै हो ।
त्यस्तै आज अभियान लघुवित्तको सेयर मूल्य पनि १०८ रुपैयाँले बढेर १ हजार १८८ रुपैयाँ, विजय लघुवित्तको ८३ रुपैयाँ ९० पैसाले बढेर ९२३ रुपैयाँ, भूगोल इनर्जिको ८१ रुपैयाँ २० पैसाले बढेर ८९३ रुपैयाँ २० पैसा र गरिमा विकास लघुवित्तको सेयर मूल्य ८० रुपैयाँ ७० पैसाले बढेर ८८७ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै आज एनएमबि लघुवित्तको सेयर मूल्य पनि ७० रुपैयाँ १० पैसाले बढेर ७७१ रुपैयाँ १० पैसा पुगेको छ । यी सबै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै आज समता घरेलु लघुवित्तको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ८८ रुपैयाँ ७० पैसाले बढेर ९७६ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै आज न्यादि हाइड्रोपावरको सेयर मूल्य पनि ७० रुपैयाँ ७० पैसाले बढेर ७७८ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।













प्रतिक्रिया दिनुहोस्