Skip to content

सूर्यविनायक–धुलिखेल सडकको प्रशासनद्वारा अनुगमन

nabil bank
eQmk'/, @) df3 M c/lgsf] /fhdfu{ v08 cGtu{t ;"o{ljgfos—w'lnv]n ;8s lgdf{0f cfof]hgfsf] lgdf{0f ca:yfaf/] hfgsf/L lng ;/f]sf/jfnf lgsfo4f/f cfh cfOtaf/ lgdf{0flwg ;8ssf] cg'udg ub}{ . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाले सडक निर्माण गर्न दैनिक ५ घण्टा सडक बन्द गर्ने तयारी गरेपछि  सरोकारवाला निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । विसं २०७९ पुस २४ गतेदेखि भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेको साँगाबाट धुलिखेलसम्म गरी दुईखण्डमा एकैसाथ आयोजनाले सडक विस्तार सुरु गरेको थियो ।

भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण तीव्रगतिमा अगाडि बढाउने र सडक बन्द गर्ने सवालमा हुने असरबारे जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा आयोजनादेखि भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुको टोलीले अनुगमन गरेका हुन् ।

प्रजिअ अर्याल र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको नेतृत्वमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापा, धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जू, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक बसुन्धरा खड्का, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपाने, भक्तपुर र काभ्रेपलाञ्चोकका ट्राफिक प्रहरी प्रमुखहरू तथा सम्बन्धित वडाअध्यक्षहरूलगायतको टोलीले सडक निर्माणको अनुगमन गरेका हुन्।

सडक विस्तारका क्रममा सडकका विभिन्न खण्डको निरीक्षण गर्दै ‘जिओ ग्रिडिङ’ प्रविधि प्रयोग गरिने स्थानबारे प्राविधिक जानकारीसमेत टोलीले लिएको थियो । सडक निरीक्षणका क्रममा टोलीले सडक निर्माणले थोरै मात्रामा यातायातमा असर पार्ने गरी काम अघि बढाउन आयोजनालाई सहमति दिएको प्रमुख जिल्ला अधिकार अर्यालले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime