Skip to content

म्यानमामा नवीकरणीय ऊर्जा योजनाको कार्यान्वयन

nabil bank

याङ्गुन । म्यानमामा हाल १ हजार २६ मेगावाट क्षमताको कुल ११ सौर्य ऊर्जा प्लान्ट परियोजनाहरू निर्माण भइरहेको छ ।

विद्युत् तथा ऊर्जा विकास आयोगले जारी गरेको प्रतिवेदनमा नेपी तावमा चार, मण्डले क्षेत्रमा तीन, बागो क्षेत्रमा एक र सान राज्यमा एक आयोजनाले ५३० मेगावाट विद्युत् उत्पादन गर्ने जनाएको छ ।

प्रतिवेदनमा विद्युतको बढ्दो मागलाई पूर्ति गर्न सरकारले नवीकरणीय ऊर्जा आयोजनालाई तीव्रता दिइरहेको जनाएको छ । विद्युत तथा ऊर्जा विकास आयोगले स्थानीय तथा अन्तर्राष्ट्रिय लगानीको सहयोगमा विद्युत र ऊर्जा पूर्वाधारको विकासलाई प्राथमिकता दिने लक्ष्य राखेको छ ।

प्रतिवेदनमा म्यानमाले २८ जलविद्युत प्लान्ट, २७ थर्मल पावर प्लान्ट र आठ सोलार प्लान्ट सञ्चालन गरिरहेको छ, जसको कुल स्थापना क्षमता छ हजार ३७१ मेगावाट छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime