Skip to content

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको पदपूर्ती समितिले कार्य सम्पादन मूल्याङ्कनमा सर्वाधिक अंक प्राप्त गरेको आधारमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

पदपूर्ती समितिले प्रकाशन गरेको सूचना अनुसार तीनजना उम्मेदवारमध्ये सुवेदीले सर्वाधिक ७७.१९४ अंक प्राप्त गरेका छन् । बीमा समिति कर्मचारी सेवा शर्त नियमावली २०६८ को विनियम बमोजिम संभाव्य उम्मेदवारको कार्य सम्पादन मूल्याङ्कन,जेष्ठता,शैक्षिक योग्यता, तालिमवापत प्राप्त गरेको कुल अङ्कको आधारमा सर्वाधिक अङ्क प्राप्त गरेकाले विनियम ७१ को प्रयोजनका लागि बढुवा सिफारिश सम्बन्धि सूचना प्रकाशन गरिएको पदपूर्ती समितिले जनाएको छ ।

सुवेदीसँगै प्रतिस्पर्धामा प्राधिकरणका निर्देशकहरू कमल प्रसाद रेग्मी र पूजन ढुंगेल समेत रहेका थिए । गत जेठ १२ गते कार्यकारी निर्देशक पदबाट राजु रमण पौडेलको अनिवार्य अवकाश पछि कार्यकारी निर्देशक पद रिक्त रहेको थियो। पछिल्लो समयमा सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव, प्राधिकरणको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi