काठमाडौ । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक भन्दा बढीले घटेर कारोबार भएको छ । सेयर कारोबार हुने साताको पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से २ दशमलव २९ अंकले घटेर कारोबार भएको हो ।
आजको प्रि ओपन सेसन पछिको कारोबार पछि नेप्से परिसूचक २७९६ दशमलव ५१ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७३ अंकले घटेर ४५३ दशमलव ७४ विन्दुमा पुगेको छ । यो सेसनमा ७३ कम्पनीका ९७ हजार १७६ कित्ता सेयर १५५ पटक खरिद बिक्री हुँदा ४ करोड ९४ लाख ३५ हजार ९५३ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्