Skip to content
Prabhu

एनएमबी बैंकको ११ औं ‘हेरिटेज वाक’ सम्पन्न, सम्पदा संरक्षणका लागि ५ लाख सहयोग

काठमाडौं । एनएमबी बैंकले ११ औं ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बैंकको बल्खु शाखाबाट बुधबार सुरु भएको पदयात्रा कीर्तिपुरस्थित उमा महेश्वर मन्दिर परिसरमा पुगेर सम्पन्न गरिएको हो।

एनएमबी बैंकले ‘हाम्रा सम्पदा हुन् खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने मूल नाराका साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो।

नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बैंकका अध्यक्ष मनोज कुमार गोयल, संचालक जीवन कुमार कटवाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिषकुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, कीर्तिपुर महानगरपालिका प्रतिनिधिहरू, बैंकका कर्मचारी लगायत सर्वसाधारणहरू गरी लगभग सात सय ५० जनाको सहभागिता बैंकले यो कार्यक्रम सम्पन्न गरेको हो।

सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यको उपस्तथिति थियो। कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई पाँच लाखको सहयोगका साथैे कीर्तिपुर महानगरपालिकालाई डस्टबिनहरूसमेत हस्तान्तरण गरेको थियो।

बैंकले प्रदेश–१ मा इटहरी चोकदेखि रामधुनी मन्दिरसम्म, मधेष प्रदेशमा जनकपुर शाखादेखि राम मन्दिरसम्म, चितवनमा भरतपुर शाखादेखि गणेश धामसम्म, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखादेखि तालबाराही मन्दिरसम्म, लुम्बिनी प्रदेशमा गोल पार्कदेखि सिद्धबाबा मन्दिरसम्म र, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखादेखि काक्रेबिहार मन्दिरसम्म, महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म र धनगढी शाखादेखि कृष्ण मन्दिरसम्म एकै साथ ११ औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो।

एनएमबी बैंक विगत २७ वर्षदेखि बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्रप्राप्त वित्तीय संस्था हो।

एनएमबी बैंकले हाल देशभरी २ सय १ शाखा, १ सय ८६ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal