काठमाडौं । सोमबार पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको यो कम्पनीमा आज कारोबार खुल्ने वित्तिकै सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ३३ रुपैयाँ १० पैसाले बढेर ३६४ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो कम्पनीको सेयर कारोबार आइतबार देखि मात्रै दोस्रो बाजार खरिद बिक्री सुरु भएको हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि १ दशमलव ४६ अंकले बढेर २६८९ दशमलव ७७ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्