Skip to content

कार्यकाल सकेर बाहिरिए नेप्सेका सीईओ कार्की, सीईओ बन्न के छ योग्यता ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की आफ्नो कार्यकाल सकेर बिदा भएका छन् । उनको तीन वर्षे कार्यकाले माघ २६ गते सकिएको हो ।

उनी माघ १७ गतेदेखि नै बिदामा बसेका थिए । कार्की २०७८ माघ २० गते नेप्सेको सीईओ नियुक्त भएका थिए । उनी अगाडिका सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रकरणमा मुछिएसँगै पदबाट राजीनामा दिएपछि सरकारले खुला प्रतिस्पर्धाबाट कार्कीलाई ३ वर्षको लागि सीईओ बनाएको थियो ।

धितोपत्र बजार सञ्चालन नियमावाली, २०७९ को दाफ १६ क मा कार्यकारी प्रमुखको योग्यताको व्यवस्था गरिएको छ । जसअनुसार धितोपत्र बजारको कार्यकारी प्रमुख बन्नका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्तातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

यो व्यवस्था अनुसार उच्च व्यवस्थपकीय तह भन्नाले नेपाल सरकारको अधिकृत स्तरको सम्पत्तिमा प्रथम श्रेणी वा सो सरह वा सम्पत्ति वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा सो को दुई तह मातहतसम्मको व्यवस्थपकीय नेतृत्वमा रहेको व्यक्ति सम्झनु पर्ने उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल सरकारले स्वीकृति दिएको अवस्थामा बाहेक नेपाली नागरिक भएको व्यक्ति नेप्सेको सीईओ बन्न पाउने व्यवस्था छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima