Skip to content
Prabhu

सोमबार नेप्से १० अंकले घट्दा कारोबार ६ अर्ब ९६ करोडमा सीमित

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । सोमबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १० दशमलव ९८ अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६७७ दशमलव ३२ विन्दुमा पुगेको छ। आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५६ अंकले घटेर ४५० दशमलव ६५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये २ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि आज गिरावट आएको छ । आज सेयर बजार ६ अर्ब ९६ करोडमाथिको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्बभन्दा माथिको कारोबार भएको थियो ।

आज सेयर बजारमा ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर ७४ हजार ८६४ पटक खरिद बिक्री हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal