Skip to content
Prabhu

सेयर बजार घट्दा पनि दुई कम्पनीको सकारात्मक सर्किट

काठमाडौं । सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द हुँदा ७७ कम्पनीको सेयर मूल्य बढ्यो । सेयर मूल्य बढ्ने कम्पनीमध्ये २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

आज सेयर बजारमा न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्क सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । आज न्यादी हाइड्रोपावरको सेयर मूल्य ७४ रुपैयाँले बढेर ८१४ रुपैयाँ पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

 

त्यस्तै गार्डियन माइक्रोको सेयर मूल्य ३३ रुपैयाँ १० पैसाले बढेर ३६४ रुपैयाँ २० पैसा पुगेको छ । यो कम्पनीको सेयर मूल्य लगातार दोस्रो दिन पनि सर्किट लागेर कारोबार भएको हो । यो कम्पनीको सेयर मूल्य हिजोदेखि मात्रै कारोबारमा आएको हो ।

आज धेरै मूल्य बढ्ने कम्पनीहरुमा नेपाल रिपब्लिक मिडिया, एनएमबि डिबेन्चर २०८९/९० र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । आज रिपब्लिक मिडियाको सेयर मुल्य ४९ रुपैयाँले बढेर ६०३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.८४ प्रतिशतले धेरै हो ।

त्यस्तै आज एनएमबि डिबेन्चरको सेयर मूल्य पनि ६.४३ प्रतिशत अर्थात् ७४ रुपैयाँले बढेर १ हजार २२५ रुपैयाँ पुगेको छ । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ५.७८ प्रतिशत अर्थात् ६३ रुपैयाँ ९० पैसाले बढेर १ हजार १६९ रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal