Skip to content
Prabhu

सेयर बजार घटेको दिन बोटलर्स नेपाल र उपकार लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले भटेर कारोबार बन्द हुँदा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसमध्ये बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो । आज बोटलर्स नेपालको सेयर मूल्य १ हजार ९५५ रुपैयाँ ८० पैसाले घटेर १७ हजार ६०४ रुपैयाँ पुगेको छ । त्यस्तै उपकार लघुवित्तको सेयर मूल्य पनि ६३० रुपैयाँले घटेर ५ हजार ६७० रुपैयाँ पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज उपर मादी हाइड्रोपावरको सेयर मुल्य पनि १०५ रुपैयाँ १० पैसाले घटेर १ हजार १६९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.२४ प्रतिशतले कम हो । आज सामुदायिक लघुवित्तको सेयर मूल्य पनि ८.१० प्रतिशत अर्थात् २०८ रुपैयाँ १० पैसाले घटेर २ हजार ३५९ रुपैयाँ ९० पैसा पुगेको छ ।

आजको कारोबार बन्द हुँदा अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य ४१ रुपैयाँ ५० पैसाले घटेर ६२२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.२५ प्रतिशतले कम हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal