Skip to content

बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा खुलेसँगै सबै स्थानीय तहमा पुगे वाणिज्य बैंक

nabil bank

काठमाडौं । संघीय संरचना निर्माण भएको ८ वर्षपछि सबै स्थानीय तहका वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा उद्घाटन भएसँगै नेपालका सबै ७५३ वटा पालिकामा वाणिज्य बैंकको शाखा पुगेका हुन् ।

साइपाल गाउँपालिकामा स्थापना भएको एभरेष्ट बैंकको शाखा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् । गत असोज महिनादेखि सञ्चालनमा आएको शाखाको आज औपचारिक उद्घाटन गरिएको हो ।

मुलुक संघीय संरचना गएसँगै सरकारी कारोबार वाणिज्य बैंकमार्फत हुने व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सबै स्थानीय तहमा शाखा पुर्याउन निर्देशन दिएको थियो । चालु आर्थिक वर्षको बजेटमा भाषणका क्रममा नै साइपालमा यो वर्ष वाणिज्य बैंकको शाखा स्थापना गर्ने घोषणा गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime