काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफामा २३ प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २३.२२ प्रतिशतले नाफा घटेको हो ।
यो अवधिमा कम्पनीको नाफा ७ लाख ३४ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ९ लाख ५६ हजार रुपैयाँ मुनाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले १० करोड ३७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले आफ्नो जगेडा कोषमा ३३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३८ लाख रुपैयाँ सञ्चित गरी राखेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड रुपैयाँ रहेको छ भने निर्जीवन बीमा कोषमा ५६ लाख ५९ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.४८ रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्