काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा लगातार चौथो दिन पनि सर्किट लागेको छ । आइतबार देखि कारोबार सुरु भएको यो कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ४० रुपैयाँले बढेर ४४० रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिन देखिनै यो कम्पनीले सकारात्मक सर्किटमा कारोबार गर्दै आएको छ ।
बुधबारको सेयर कारोबार जारी रहँदा पहिलो आधाघण्टाको अवधिमा समग्र नेप्से परिसूचक पनि ३ दशमलव १३ अंकले बढेर २६८७ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ७५ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्