Skip to content

नेपाल इन्स्योरेन्सको नाफामा उच्च गिरावट, प्रतिसेयर आम्दानी कति ?

nabil bank

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको नाफामा उच्च गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिमो तुलनामा ८२.७१ प्रतिशतले नाफा घटेको हो ।

समीक्षा अवधिमा कम्पनीले ८ करोड ६० लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा भने यो कम्पनीले ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ७२ करोड ५४ लाख रुपैयाँबाट बढेर ८१ करोड ६४ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै कम्पनीको खुद बीमा शुल्क आर्जन ३२ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २९ करोड ६७ लाख रुपैयाँ पुगेकोछ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने रेटन्र्ड अर्निङ २० करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१५.३७ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime