काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नगदमा वितरण गर्ने पनि कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।







प्रतिक्रिया दिनुहोस्