Skip to content

शिखर इन्स्योरेन्सको नाफा २५ करोड ७३ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा २५ करोड ७३ लाख पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा भएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४८ प्रतिशतले नाफा बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ६३ करोड ७६ लाख रुपैयाँ छ । इन्स्योरेन्सको बीमा शुल्क १५.६३ प्रतिशत बढेको हो । कुल आम्दानी ६.०२ प्रतिशत बढेर एक अर्ब १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३८ करोड ३६ लाख रुपैयाँ छ भने कुल खर्च ७९ करोड ७८ लाख रुपैयाँ छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४०.९० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा रहेको छ । २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा एक अर्ब ८१ करोड ६१ लाख रुपैयाँ, महाविपत्ती कोषमा १५ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४० करोड ७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ८५ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi