काठमाडौं । बुधबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन ६ अंकले बढेर कारोबार भएको बजार आज भने १ दशमलव ८६ अंकले बढेर बन्द भएको हो ।
आजको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक १ दशमलव ८६ अंकले बढेर २६८५ दशमलव ७३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २५ अंकले बढेर ४५० दशमलव ४० विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचक घटेको दिन आज कारोबार रकममा भने सुधार देखिएको छ । अघिल्लो दिन ७ अर्बभन्दा केही बढीको कारोबार भएको बजारमा आज ८ अर्बभन्दा माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३०७ कम्पनीका १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर ८२ हजार ८५० पटक खरिद बिक्री हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेका छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।






प्रतिक्रिया दिनुहोस्