Skip to content

सेयर मूल्य सामान्य बढ्दा पनि दुई कम्पनीमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढ्दा पनि दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा यी दुवै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो । आज उपकार लघुवित्तको सेयर मूल्य ५२० रुपैयाँले घटेर ४ हजार ६८० रुपैयाँ पुगेको छ । त्यस्तै सुपर मादी हाइड्रोपावरको सेयर मूल्य १२४ रुपैयाँ १० पैसाले घटेर १ हजार ११७ रुपैयाँ २० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा रसुवागढी हाइड्रोपावर कम्पनी, एनएबी ५० र सनराइज फोकस्ड इक्वीटी फण्ड रहेका छन् । आज रसुवागढीको सेयर मूल्य ४२ रुपैयाँ ३० पैसाले घटेर ४४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.६८ प्रतिशतले कम हो ।

त्यस्तै आज एनएमबी ५० को सेयर मूल्य ७.९७ प्रतिशत अर्थात् ०.९० रुपैयाँले घटेर १० रुपैयाँ ३९ पैसा पुगेको छ । त्यस्तै सनराइज इक्वीटी फण्डको सेयर मूल्य ०.६९ रुपैयाँले घटेर ९ रुपैयाँ १२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.०३ प्रतिशतले कम हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime