Skip to content

निर्जीवन बीमा कम्पनीको नाफामा ५९ प्रतिशतको गिरावट, शिखरसहित ३ को बढ्दा दुई नोक्सानीमा

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको नाफामा भारी गिरावट देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीको नाफामा ५९.३८ प्रतिशतले कमी आएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मा १४ निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुको यस्तो नाफा ३ अर्ब ९ करोड ७८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा धेरै नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ भने नाफा वृद्धिदरमा सानिमा जिआइसी इन्स्योरेन्स सबैभन्दा अगाडी रहेको छ वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मा नाफा वृद्धि गर्ने निर्जीवन बीमा कम्पनीहरु जम्मा ३ वटा रहेका छन् ।

यो अवधिमा अन्य ११ वटा कम्पनीको नाफा घटेको छ । त्यसमा पनि दुई कम्पनीको नाफा ऋणात्मक रहेको छ । चालु आर्थिक वर्षको पुस महिनासम्मको विवरण अनुसार नाफा बढ्ने निर्जीवन कम्पनीमा शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र सानिमा जिआई इन्स्योरेन्स रहेका छन् यी बाहेकका अरू कम्पनीको नाफा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मा राष्ट्रिय बीमा कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा १८.८६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो कम्पनीले ४२ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा सानिमा जिआईसी इन्स्योरेन्सले १५.२५ प्रतिशतले नाफा बढाउनल सफल भएको छ ।

यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो कम्पनीको नाफा १० करोड ५५ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा नाफा वृद्धि गर्न सफल अर्को कम्पनी प्रभु इन्स्योरेन्सले १०.५३ प्रतिशतले नाफा बढाएका सफल भएको छ । यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १० करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै यो अवधिमा नाफा बढाएको तेस्रो कम्पनी शिखर इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिकसम्मको अवधिमा २५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा २.४८ प्रतिशतले धेरै हो । गत आवको पुस मसान्तसम्मा यो कम्पनीको नाफा २५ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

यीबाहेक अन्य ११ कम्पनीको नाफा भने घटेको छ । यो अवधिमा एनएलजि इन्स्योरेन्सको नाफा १४.९० प्रतिशतले घटेको छ । यो कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ७ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ८ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै यो अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १४ करोड ३० लाख रुपैयाँ, नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा २२.१४ प्रतिशतले कम हो । यो कम्पनीले गत आवको सोही अवधिमा १८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मा नेको इन्स्योरेन्सको नाफा पनि २९.४८ प्रतिशतले घटेको छ । यो कम्पनीको नाफा चालु आर्थिक वर्षको ६ महिनामा १५ करोड ६० लाखमा सीमित भएको छ । गत आवको सोही अवधिमा यो कम्पनीको यस्तो नाफा २२ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा यो अवधिमा २२ करोड ५० लाख रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिमो भन्दा ३७.६७ प्रतिशतले कम हो । यो कम्पनीले गत आवको सोही अवधिमा ३८ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै पुस मसान्तसम्मको विवरणअनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ४१.५६ प्रतिशतले कम हो । यो कम्पनीको नाफा गत आवको पुस मसान्तसम्ममा २७ करोड ३५ लाख रुपैयाँ रहेको थियो । त्यस्तै समीक्षा अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४७.१६ प्रतिशतले घटेको छ ।

यो कम्पनीले चालु आवको पुस मसान्तसम्मा ६ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीको यस्तो नाफा १३ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ६ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ । यो गत आवको सोही अवधिमो भन्दा ६७.२१ प्रतिशतले कम हो। गत आवको पुस मसान्तसम्म यो कम्पनीको यस्तो नाफा २० करोड ८ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै यो अवधिमा नेपाल इन्स्योरेन्लले ८ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ८२.७२ प्रतिशतले कम हो । यो कम्पनीको नाफा गत आवको पुस मसान्तसम्ममा ४९ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा द ओरियण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको नाफा ऋणात्मक रहेको छ । वित्तीय विवरण अनुसार द ओरियन्टल इन्स्योरेन्स १९ करोड ७५ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स ३६ करोड ९८ लाख रुपैयाँ नोक्सानीमा छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime