काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो संस्थाप सेयरधनीको नाममा रहेको २ लाख १३ हजार १९७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीका केही संस्थापक सेयरधनीले आफूसँग रहेको सेयर बेच्न कम्पनीमा निवेदन दिएपछि सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल कम्पनीका विद्यमान संस्थापकहरूका लागि मात्रै सेयर किन्न पाउने गरि बिक्रीमा राखेको हो ।
सेयर किन्न इच्छुक संस्थापकले आउदो चैत ६ गतेभित्र काठमाडौंको बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । यो अवधिभित्र सम्पूर्ण सेयर बिक्री नभएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्