काठमाडौं । सालपा विकास बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २७ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
बैंकको साधारणसभा खोटाङको दिक्तेल रुपाकोटमा रहेको शुभम फाउन्डेसनको सभा हलमा बिहीना ११ बजेदेखि सुरु हुने बैंकले जनाएको छ । सभाले आईपीओ निष्कासन गर्ने र यसका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदनहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमि निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।






प्रतिक्रिया दिनुहोस्