काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेर बन्द भएको छ । साताको कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ०३ अंकले बढेर कारोबार भएको हो ।
यो सेसन पछिको नेप्से परिसूचक २६८६ दशमलव ७७ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३५ अंकले बढेर ४५० दशमलव ७६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबारको प्रि ओपन सेसनमा ६३ कम्पनीका ७ हजार ८८२ कित्ता सेयर १३६ पटक खरिद बिक्री हुँदा ३९ लाख ७६ हजार ३१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्