Skip to content

न्यादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको पहिलो १० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो ।

यो कम्पनीको सेयर मूल्य ८६ रुपैयाँ ८० पैसाले घटेर ७८१ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने ८ दशमलव ७२ अंकले बढेर २६९४ दशमलव ४५ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ६९ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime