Skip to content

सेयर बजार घटेको दिन न्यादी हाइड्रोमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबार सेयर बजार एकल अंकले घटेर बन्द हुँदा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा १६२ कम्पनीको सेयर मूल्य घट्दा यो कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

आज यो कम्पनीको सेयर मूल्य ८६ रुपैयाँ ८० पैसाले घटेर ७८२ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतको गिरावट हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सामुदायिक लघुवित्त, रिभर फल्स पावर लिमिटेड, एनएलजि इन्स्योरेन्स र रसुवागढी हाइड्रोपावर कम्पनी रहेका छन् ।

आज सामुदायिक लघुवित्तको सेयर मूल्य ११९ रुपैयाँले घटेर २ हजार ३०८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.९० प्रतिशतले धेरै हो । त्यस्तै रिभर फल्सको सेयर मूल्य पनि ३७ रुपैयाँले घटेर ८६५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१० प्रतिशतले कम हो ।

आजको कारोबार बन्द हुँदा एनएलजि इन्स्योरेन्सको सेयर मूल्य ३.५१ प्रतिशत अर्थात् ४० रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ पुगेको छ । रसुवागढी हाइड्रोपावरको सेयर मूल्य पनि आज १५ रुपैयाँले घटेर ४३० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.३७ प्रतिशतले कम हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime