Skip to content
Prabhu

५२ प्रतिशतले घट्यो एनआईसी एशिया बैंकको नाफा, वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाडौं । एनआईसी एशिया बैंकको नाफा ५२ प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नाफा १ अर्ब ९१ करोड छ । गतवर्ष चैत मसान्तसम्म बैंकको नाफा ४ अर्ब १ करोड थियो । ब्याज आम्दानी घटेको तथा अन्य सञ्चालन नाफा घटेको र खराब ऋण बढ्दा एनआईसी एसियाको नाफा घटेको छ ।

बैंकको खराब कर्जा अनुपात ३.०८ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्ष ०.८५ प्रतिशत थियो । जसले गर्दा चैत मसान्तसम्मको वितरण योग्य नाफा १ अर्ब ७२ करोडले ऋणात्मक भएको छ । चैत मसान्तमा बैंकमा ३ खर्ब २७ अर्ब निक्षेप छ भने २ खर्ब ७७ अर्ब कर्जा दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal