Skip to content

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या साढे २ करोडमाथि, वाणिज्य बैंकका मात्रै २ करोड २५ लाख

nabil bank

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेको हो ।

चालु आवको पुस मसान्तसम्मा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या साढे २ करोडभन्दा माथि पुगेको छ । पुस मसान्तसम्ममा ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुमा मोबाइ बैंकिङ प्रयोगकर्ता २ करोड ६३ लाख ३६ हजार १ सय १७ पुगेको हुन्। यो संख्या गत आवको सोही अवधिको भन्दा ३१ लाखले बढी हो । गत आवको सोही अवधिसम्मा मोबाइल बैकिङ प्रयोगकर्ताको संख्या २ करोड ३२ लाख १६ हजार ३ सय ८३ रहेको थियो ।

मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये अधिकांश वाणिज्य बैंकका ग्राहकहरु छन् । चालु आवको पुस मसान्तसम्म वाणिज्य बैंकहरूबाट मोबाइल बैंकिङ सुविधा लिने ग्राहकको संख्या मात्रै २ करोड २५ लाख ३५ हजार ८ सय ५८ रहेको छ । जुन आवको सोही अवधिसम्ममा २ करोड ६ हजार ५ सय ८६ थियो । त्यस्तै विकास बैंकहरूमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता ३५ लाख २६ हजार ५ सय ३ रहेको छ ।

गत आवको सोही अवधिमा विकास बैंकमा खाता खोलेका ३० लाख ३४ हजार ३४९ ग्राहकले मोबाइल बैंकिङको प्रयाग गर्ने गरेका थिए । त्यस्तै चालु आवको पुस मसान्तसम्मा फाइनान्स कम्पनीहरूबाट मोबाइल बैंकिङ सेवा लिने प्रयोगकर्ताको संख्या २ लाख ७३ हजार ७ सय ५६ पुगेको छ । गत आवको सोही अवधिमा यो संख्या १ लाख ७५ हजार ४ सय ४८ मात्रै थियो ।

चालु आवको पुस मसान्तसम्मा वाणिज्य बैंकहरूबाट इन्टरनेट बैंकिङ सुविधा लिने ग्राहकको संख्या १४ लाख ८७ हजार ३ सय ५५ पुगेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १२ लाख ७९ हजार ८ सय १८ रहेको थियो । यस्तै पुस मसान्तसम्ममा विकास बैंकहरूबाट इन्टरनेट बैंकिङ सुविधा लिने खातावालको संख्या ८ लाख १३ हजार  ८ सय ८८ रहेको छ ।

विकास बैंकको यस्तो संख्या गत आवको सोही अवधिसम्ममा ३० लाख ३४ हजार ३ सय ४९ रहेको थियो । त्यस्तै चालु आवको पुससम्म फाइनान्स कम्पनीहरूबाट इन्टरनेट बैंकिङ सुविधा लिने ग्राहकको संख्या १७ हजार १ सय ४१ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या १४ हजार ९ सय ४२ थियो ।

त्यस्तै यो अवधिमा वाणिज्य बैंकहरुको शाखारहित सेवाग्राहीको संख्या २ लाख ९८ हजार ४७३ रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको शाखारहित सेवाग्राहीको संख्या ३ाख ५०९ रहेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मा विकास बैंकहरुको शाखारहित बैंकिङ सुविधा लिने सेवाग्राहीको संख्या १ हजार ३ सय ७४ छ । यो संख्या गत आवको सोही अवधिमा भने १ हजार ४ सय ९२ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime