Skip to content

नेपाल बीमा प्राधिकरणका ४ उपनिर्देशक निर्देशकमा बढुवा सिफारिस

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिरणको निर्देशकमा नियुक्तिका लागि ४ जनाको नाम सिफारिस गरिएको छ । पदपूर्ति सिफारिस समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त गरेको कुल अंकका आधार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस हुनेमा उपनिर्देशक ध्रुव तिमिल्सिना, कुन्दन सापकोट, शाम्भराज लामिछाने र निर्मल अधिकारी छन् । समितिको (आज) फागुन २ गते बसेको निर्णयअनुसार उनीहरुलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बीमा प्राधिकरण (तत्कानिल बीमा समिति) कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनियम ७० बमोजिम बढुवा नियुक्तिका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime