Skip to content

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा २० प्रतिशत छुट

nabil bank

काठमाडौं । कुमारी बैंक र भक्तपुरको सूर्यविनायकस्थित मिसन हस्पिटल प्रालिबीच कुमारी बैंकका ग्राहकलाई हस्पिटलको सेवामा विशेष छुट दिने समझौता भएको छ।

उक्त सम्झौताअनुसार मिसन हस्पिटलबाट दिँदै आएका सेवाहरूमा बैंकका ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिइनेछ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

साथै आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime