काठमाडौं । सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६६ कम्पनीको सेयर मूल्य बढेको दिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज यी ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्तको सेयर २७९ रुपैयाँ ६० पैसाले बढेर ३ हजार २७३ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै आज गुराँस लघुवित्तको सेयर मुल्य २६१ रुपैयाँ ९० पैसाले बढेर २ हजार ८८१ रुपैयाँ पुगेको छ ।
त्यस्तै सोमबारको कारोबार बन्द हुँदा कुथेली बुखरीको सेयर मूल्य २४८ रुपैयाँले बढेर २ हजार ७२८ रुपैयाँ पुगेको छ । आजको कारोबार बन्द हुँदा एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ७६ रुपैयाँ २० पैसाले बढेर ८३८ रुपैयाँ २० पैसा पुगेको छ ।
आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य ५३ रुपैयाँ ३० पैसाले बढेर ५८६ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै दिव्यश्वरी हाइड्रोको सेयर मूल्य पनि ३२ रुपैयाँ ५० पैसाले बढेर ३५७ रुपैयाँ ५० पैसा पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्