Skip to content

को बन्ला बीमा प्राधिकरणको अध्यक्ष ?, यस्ता छन् सर्टलिस्टमा परेका पाँच दाबेदार

काठमाडौं । नागरिकता किर्तैको अभियोगमा तत्कालिन अध्यक्ष सूर्यप्रसाद रिलवाललाई अख्तियार दुरुपयोग अनुसान्धान आयोगले मुद्दा दायर गरेसँगै बीमा क्षेत्रको नियामका निकाय नेपाल बीमा प्राधिकरण पूर्ण कालिन अध्यक्ष बिहीन बनेको थियो । सिलवाल निलम्बनमा परे पछि अर्थमन्त्रालका सहसचिलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

त्यस पछि सरकारले पूर्णकालिन अध्यक्षका लागि पुस २६ गते आवेदन खुलाएको थियो । अध्यक्ष सिफारिस समितिले माग गरेको समयमा १२ जनाले आवेदन दिएका थिए । ती १२ जनामध्ये सिफारिस समितिले अहिले ५ जनाको सर्टलिस्ट सार्वजनिक गरेको छ । अब सर्टलिस्टमा परेका पाँच जनाले आफ्नो व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका दिनु पर्ने छ । उक्त अन्तर्वाता पछि सिफारिस समितिले ३ जनाको नाम सरकारसमक्ष पेस गर्ने छ । त्यसमध्येबाट एक जनालाई मन्त्रीपरिषदको बैठकले अध्यक्षमा नियुक्त गर्ने छ । अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ । सर्टलिस्टमा परेका ५ जनालाई यही फागुन १० गते व्यवसायिक कार्य योजनाका लागि बोलाइएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

अन्तिम ५ जनामा पर्ने उम्मेदावरहरुमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । यी पाँच जनामध्ये समितिले ३ जनाको नाम सरकारसमक्ष पेश गर्ने छ । प्राधिकरणको अध्यक्षका लागि आवेदन दिनेमा सर्टलिस्टमा परेका पाँच जनासहित डा. देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहेका थिए ।

कमल प्रसाद रेग्मी

बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि सर्टलिस्टमा परेका कमलप्रसाद रेग्मी बीमा प्राधिकरणकै हालका निर्देशक हुन् । उनी प्राधिकरणको कार्यकारी निर्देशको समेत दाबेदार रहेका थिए । तर उनी कार्यकारी दिर्नेशकमा सिफारिस हुन सकेनन् । अब भने उनी बीमा प्राधिकरणको अध्यक्षका लागि प्रतिप्रर्धामा देखिएका छन् ।

चिरञ्जीवी चापागाईँ

बीमा प्राधिकरणमा एक पटक अध्यक्ष भइसकेका चापागाई अध्यक्षको लागि सर्टलिस्टामा परेका अर्का व्यक्ति हुन् । उनी तत्कालीन बीमा समितिमा एक कार्यकाल अध्यक्ष बनिसकेका व्यक्ति हुन् ।

रामशरण पुडासैनी

रामशरण पुडासैनी पूर्व राजस्व सचिव समेत हुन भने हालका कृषि विकास बैंकका अध्यक्ष पनि हुन । उनी बीमा प्राधिकरण ऐनको मस्यौदा बनाउँदा अर्थमन्त्रलयको राजस्व सचिवका रुपमा रहेका थिए ।

दामोदर बसौला

सर्ट लिस्टमा परेका दामोदर बसौला स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् । उनी २०८१ सालको कात्तिक २५ गते स्वास्थ्य बीमा बोर्डबाट आफ्नो कार्यकाल सकेर बिदा भएका थिए ।

शरद ओझा

ओझा पत्रकार हुन् । ओझा प्राध्यापन पेसामा पनि संलग्न छन् । अधिवक्तासमेत रहेका उनीसँग पोलिसी कन्सल्टिङको काम गरेको अनुभव छ ।

बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी यस सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य कानुन, न्याय सय, अनुभव हासिल गरेको हुनुपर्ने बीमा ऐनमा व्यवस्था छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्