Skip to content

मंगलबार प्रिओपन सेसनमा ८ अंकले बढ्यो नेप्से

काठमाडौं । प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक ८.०२ अंकले बढेर बन्द भएको छ। सोमबार २९.८७ अंक बढेर २७२७.९१ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ८.०२ अंक बढेर २७३५.९४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.६० अंक बढेको छ।

आज प्रिओपन सेसनमा ८३ स्टकको १५१ पटकको कारोबारमा १ करोड ५० लाख ६६ हजार ४७७ रुपैयाँबराबरको २३ हजार ९५३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४२ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima