Skip to content

जलविद्युत कम्पनीको आईपीओ निष्काशन रोक्नु दुखद : कार्यकारी निर्देशक घिसिङ

nabil bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजनाको आईपीओ रोकिनु दुखद भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजनाको ूजलविद्युत आयोजनाः लगानी, सेयर व्यवस्थापन र चुनौतीू विषयक अनुतरक्रिया कार्यक्रममा बोल्दै घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताएका छन्।

हाल नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत खरिद विक्री सम्झौता ‘पीपीए’ गरेको घिसिङले बताए । उनले नेपालको विद्युत उत्पादन क्षमता ३५ सय मेगावाट पुगेपनि मौसम परिवर्तनले पानीको बहाब घट्दा हिउँदमा ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको पनि बताए ।

२८ हजार ५०० मेगावाट विद्युत पुर्‍याउनको लागि विद्युत प्राधिकरण त्योभन्दा २० प्रतिशत थप पिपिए खोल्ने पक्षमा रहेको घिसिङले बताए। हाल पीपीए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए खोलीनहालेको उनको भनाई थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi