Skip to content

डुबेका कम्पनीलाई अध्ययन गरी मात्र आइपीओ अनुमति दिनुपर्छः ऋषिकेश पोखरेल

nabil bank

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रबर्द्धन गर्नका लागि लेखासमितिले सहयोग गर्ने बताए। लेखा समितिको जलविद्युतको आईपीओ रोकिएको विषयमा बादविवादभन्दा पनि समाधान गर्न लाग्नुपर्ने बताएका हुन्।

सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफल गरी समाधान गर्न सकिने बताए।

‘व्यवसायीहरुले सार्वजनिक लेखा समितिले गरेको निर्यणको विषयमा छलफल गर्नुपर्नेमा देखाइदिनका लागि आर्थिक समितिमा पुगेको देखिन्छ,’ सभापति पोखरेलले भने, ‘समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ।’

डुबेका कम्पनीले पनि आईपीओ जारी गरिरहेको अवस्था रहेको बताए। उनले सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिले पनि विभिन्न ट्रेन्डकै अध्ययन गरी निर्णय गरेको हो।

‘हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौं,’ पोखरेलले भने ,‘स्थानीयलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi