Skip to content

ग्लोबल आइएमई बैंकका सेयरधनीलाई बोनस सेयर कर बुझाउन आग्रह

nabil bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि वितरण गरिने ५.५ प्रतिशत बोनस सेयरमा लाग्ने ५ प्रतिशत कर रकम समयमै बुझाउन सेयरधनीहरूलाई आग्रह गरेको छ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि गत मंसिर ९ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको मितिभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले बोनस सेयरमा लाग्ने ५ प्रतिशत कर बापतको रकम जम्मा गराएपछि मात्रै सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाइने बताएको छ। साथै सेयर धितो राखेर ऋण लिएका शेयरधनीले कर जम्मा गरी ऋण दिने बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र वा एनओसी पत्र पेस गरेपछि मात्रै बोनस सेयर डिम्याट खातामा पठाइने जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi