Skip to content

नेको इन्स्योरेन्सको हकप्रद आजदेखि बिक्रीमा, ४ कित्ता हुनेले नयाँ १ कित्ता पाउने

काठमाडौं । आज बिहीबारदेखि नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर बिक्रीमा ल्याएको छ। उक्त कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातले हकप्रद बिक्री गर्न अनुमति पाएको हो। हकप्रद सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

उक्त कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत माघ १८ गते बुक क्लोज गरेको थियो। बुक क्लोजका आधारमा माघ १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन २८ गते तोकिएको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima