काठमाडौंं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पंज्ञानीलाई नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन १२ गते पद तथा गोपनियताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्