Skip to content

मोबाइलमार्फत वित्तीय सेवा लिँदा आफ्नै नामको सिमकार्ड प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नामको सिमकार्ड प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध गरेको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी प्रदायकहरूले प्रदान गर्ने मोबाइल वालेट जस्ता सेवाहरू दर्ता गराएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुनाले आफ्ना महत्त्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस् आफ्नै नामको सिमकार्ड प्रयोग गर्नुपर्ने राष्ट्र बैंकले ससूचित गरेको हो ।

कुनै पनि कारणले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय संस्थालाई समयमै जानकारी गराउनुपर्ने पनि राष्ट्र बैंकले बताएको छ । आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय संस्थालाई समयमै नगराए खातासम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुने जानकारी केन्द्रीय बैंकले दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T