Skip to content

‘भिभो एक्स–२०० प्रो’ सार्वजनिक, प्रि–बुकिङ गर्ने ग्राहकलाई १० हजार क्यासब्याक

काठमाडौं ।  विश्व प्रख्यात चिनियाँ मोबाइल प्रविधि बान्ड भिभोले नयाँ फ्ल्यासशिप स्मार्टफोन, भिभो एक्स२०० प्रो नेपालमा लन्च गरेको छ। मंगलबार एक कार्यक्रम गरी उक्त फोन सार्वजनिक गरेको हो।

विशेषगरी प्रविधिको उच्चतम प्रयोग गर्नेका लागि यो फोन उपयुक्त हुने कम्पनीले बताएको छ। फोनमा २०० मेगापिक्सलको जाइस् एपिओ क्यामरा जडान गरिएकाले जुम गरिएको फोटो भिडिओसमेत राम्रो आउँछ।

फोनमा भएको प्रोर्टेट, हाइपरजुम, म्याक्रो नाइटस्केप र सनसेट मोड लगायतका फिचरले गुणस्तरीय फोटो खिच्न सघाउँछ। यो स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेट प्रयोग गरिएको छ।

यसमा ६ हजार एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ। साथै ९० वाट फ्ल्यास चार्जिङ र ३० वाट वायरलेस चार्जिङ सुविधा छ। फोनमा गुगल जेमिनी एआई प्रविधि प्रयोग गरिएको छ। फोनमा भएको सेफ डेटा पर्ज फिचरले व्यक्तिगत जानकारी पूर्ण रूपमा मेटाउन सघाउँछ।

कम्पनीले अहिले प्रि बुकिङ खुलाएको छ। प्रि–बुकिङ गर्ने ग्राहकले १० हजार क्यासब्याक सुविधा पाउने छन्। यो अफर फागुन २० गतेसम्म लागू हुने छ।

त्यस्तै फागुन २१ गतेबाट भने भिभोका आधिकारिक स्टोरहरू तथा अनलाइन बजार दराज मार्फत ग्राहकले किन्न सक्नेछन्।

फोनका मुख्य विशेषताः
–६.७ इञ्च एमोलोइड डिस्प्ले
–फोनको पछाडि भागमा तीन वटा क्यामरा जडान गरिएको छ। जसमा मुख्य क्यामरा ५० मेगापिक्सल, ५० मेगापिक्सल अल्ट्रा वाइड र २०० मेगापिक्सल प्रेसिस्कोप टेलिफोटो क्यामरा जडान गरिएको छ।
–फोनको अगाडि भागमा ३२ मेगापिक्सल क्यामरा जडान गरिएको छ।
–फोनको सुरक्षाको लागि फिंगर प्रिन्ट सुविधा
–फोनमा ६ हजार एमएएच ब्याट्री क्षमता
–यो फोन ग्राहकले १६ जिबीर५१२ जिबी क्षमतामा पाउँछन्।
–फोनको मूल्य एक लाख ८४ हजार नौ सय ९९ तोकिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T