Skip to content

भारतमा सन् २०२५ को सबैभन्दा ठूलो मार्केट क्रयास, के हो कारण ?

nabil bank
एजेन्सी । भारतीय सेयर बजारमा २८ फेब्रुअरीमा ठूलो गिरावट देखियो । यो गिरावट सन् २०२५ मा अहिलेसम्मकै सबैभन्दा ठूलो हो । लगानीकर्ताहरूले करिब १५ लाख करोड रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्नुप¥यो । शुक्रबार बेञ्चमार्क सूचकांक सेन्सेक्स र निफ्टीमा करिब २ प्रतिशत गिरावट देखियो । सेन्सेक्स १,४१४.३३ अंक अर्थात् १.९० प्रतिशतले घटेर ७३,१९८.१० मा पुग्यो, जबकि निफ्टी ४२०.३५ अंक अर्थात् १.८६ प्रतिशतले घटेर २२,१२४.७० मा बन्द भयो । बीएसई सानो तथा मध्यम आकारका कम्पनीहरूको सेयरमा पनि २ प्रतिशतभन्दा बढीको गिरावट आयो ।
बजारको लगातार कमजोर प्रदर्शन 
सीएनबीसी टिभी १८को रिपोर्ट अनुसार, यो क्रयास सन् २०२५ का पहिलो आठ हप्तामध्ये नकारात्मक प्रतिफल भएको छैटौं हप्ता हो । विदेशी लगानीकर्ताद्वारा ठूलो मात्रामा सेयर बिक्री भएका कारण आईटी र वित्तीय सेयरहरूमा गिरावट देखिएको हो । निफ्टी जुन २०२४ यताकै सबैभन्दा न्यून स्तरमा झ¥यो । सेन्सेक्स र निफ्टी आफ्नो कीर्तिमानी उच्च स्तरबाट १६ प्रतिशत घटिसकेका छन्, जबकि मिडक्याप इन्डेक्स २२ प्रतिशतले घटेको छ ।
रिपोर्ट अनुसार, बीएसईमा सूचीकृत कम्पनीहरूले एकै दिनमा सामूहिक रूपमा १५  लाख करोड रुपैयाँभन्दा बढीको घाटा बेहोरे । ५० मध्ये १५ निफ्टी सेयर र १०० मध्ये २५ मिडक्याप इन्डेक्स सेयर ५२ हप्ताको न्यूनतम स्तरमा पुगे । बैंकिङ क्षेत्रमा पनि कमजोरी देखियो । जहाँ निफ्टी बैंक ३९९ अंक घटेर ४८,३४५ मा पुग्यो, जबकि मिडक्याप इन्डेक्स १,२२२ अंक घटेर ४७,९१५ मा बन्द भयो ।  यो हप्ता आईटी र अटो सेक्टरमा पनि नराम्रो असर प¥यो । टेक महिन्द्रा, विप्रो, अल्ट्राटेक, टीसीएस, टाटा मोटर्स र एचसीएलटेक निफ्टीमा सबैभन्दा धेरै गिरावट आएका सेयर हुन् ।
भारतीय सेयर बजार किन ओरालो लाग्यो ?
ट्रम्पको ट्यारिफ धम्की  
विशेषज्ञहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफ घोषणा विश्वभरका सेयर बजारमा नकारात्मक असर पार्दैछन् । जियोजित फाइनान्सियल सर्भिसका प्रमुख लगानी रणनीतिकार वीके विजयकुमार भन्छन्, “ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि ट्यारिफ लगाउने घोषणा गरेपछि विश्व बजारमा अस्थिरता देखिएको छ । कुनै पनि प्रकारको अस्थिरता सेयर बजारलाई मनपर्दैन । यसले अमेरिका र चीनबीच व्यापार युद्ध चर्किन सक्ने सम्भावना देखाएको छ ।”
विश्लेषकहरूका अनुसार, यो तनाव अमेरिका–चीन मात्र नभई अमेरिका र अन्य देशहरूबीच पनि व्यापार युद्ध निम्त्याउन सक्छ ।
भारतीय बैंकहरूको कमजोर आम्दानी  
यस्तै, भारतीय बैंकहरूको चौथो त्रैमासिकमा आम्दानी घट्नसक्ने अनुमान गरिएको छ । तेस्रो त्रैमासिकको तथ्यांक निराशाजनक आएको थियो । निफ्टी ५० इन्डेक्समा सूचीकृत करिब ३०  प्रतिशत सेयर भारतीय बैंकहरूको प्रदर्शनमा निर्भर छ । यदि चौथो त्रैमासिक आम्दानी कमजोर रह्यो भने, सेयर बजार झन् ओरालो लाग्न सक्छ ।
विदेशी लगानीकर्ताको बहिर्गमन
पछिल्ला केही महिनादेखि विदेशी संस्थागत लगानीकर्ताहरू भारतीय बजारबाट पैसा फिर्ता लैजाँदै छन् । विगतमा यस्तो हुँदा घरेलु संस्थागत लगानीकर्ताले लगानी गर्थे, तर यसपटक त्यस्तो देखिएको छैन । प्रॉफिटमार्ट सेक्युरिटिजका अनुसन्धान प्रमुख अविनाश गोरक्षकर भन्छन्, “घरेलु संस्थागत लगानीकर्ता यसपटक सतर्क छन् किनभने बजारको स्पष्ट दिशा देखिएको छैन ।”  यस वर्ष अहिलेसम्म विदेशी संस्थागत लगानीकर्ताले भारतीय बजारबाट १ लाख १३ हजार ७२१ करोड भारु निकालेका छन् । जनवरी महिनामा मात्र ७८ हजार करोड भारु  बाहिरिएको थियो, जबकि फेब्रुअरीमा ३५,६९४ करोड भारु फिर्ता गइसकेको छ ।  अमेरिकी बन्ड बजारमा अहिले राम्रो प्रतिफल पाइरहेको छ । त्यसैले विदेशी लगानीकर्ताहरुले भारतीय बजारबाट पैसा झिकेर अमेरिकी बजारमा लगानी गरिरहेका छन् । ट्रम्पका ट्यारिफ घोषणाहरू स्पष्ट नभएसम्म उनीहरु भारतीय बजारमा फर्कने सम्भावना कम छ ।
चीनको आर्थिक पुनरुत्थान  
विदेशी लगानीकर्ताले लगानी चीनतर्फ पनि पनि गइरहेको छ । चीन सरकारले गत वर्ष अर्थतन्त्र पुनरुत्थान गर्न ठूलो लगानी गर्ने घोषणा गरेको थियो । त्यसयता उनीहरु चीनतर्फ बढी लगानी गर्न थालेका छन् । ट्रम्पको सम्भावित जितपछि अमेरिकी बजार विश्वभरबाट लगानी आकर्षित गरिरहेको छ । त्यही बेला चीन संस्थागत लगानीकर्ताहरूका लागि बलियो विकल्पका रूपमा देखा परेको छ । चीन सरकारले ब्याजदर घटाएको छ, बजारमा थप पुँजी प्रवाह गराएको छ र अर्थतन्त्रलाई स्थिर बनाएको छ। यसले लगानीकर्ताहरूलाई आत्मविश्वास दिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime