काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको फागनु १७ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ साधारणसभा आगामी चैत ११ गतेका लागि बोलाएको हो ।
उक्त साधारणसभा झापाको विर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालक समितिको बैठक भत्ता बढाउने विशेष प्रस्ताव पेश गरिनेछ ।
साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सञ्चालक पदमा गरेको नियुक्ति अनुमोदन गर्नेछ । सभा प्रयोजनार्थ बैंकले फागुन २९ गते बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्