Skip to content

बैंकिङ प्रणालीबाट २१ दिनका लागि २५ अर्ब खिच्दै राष्ट्र बैंक

nabil bank

काठमाडौं । पछिल्लो समय बैंकिङ प्राणालीमा अधिक तरलता बढ्दै जाँदा राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट तरलता खिच्दै आएको छ । यो प्रक्रियाअन्तर्गत आज पनि केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको हो ।

२१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको २५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले चैत १० गते फिर्ता गर्ने छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबै भन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime