काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा हिमालयन डिस्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सवा २ बजेको अवधिमा सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य १२० रुपैयाँले बढेर १ हजार ३२९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ५४ दशमलव ७४ अंकले बढेर २८६९ दशमलव ७९ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ११ अर्ब १२ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्