Skip to content

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवाललाई सफाइ

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवाललाई सफाइ दिएको छ । आज बसेको विशेष अदालतको इजलासले सिलवालाई सफाइ दिएको हो ।

सिलवाललाई भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायरपछि प्राधिकरणको अध्यक्षबाट सिलवाल निलम्वनमा परेका थिए । अध्यक्ष सिलवाल उमेरहद सम्बन्धमा नक्कली विवरण पेश गरी नागरिकता लिएर आफनो उमेर ढाँटेर २०८० साल साउन १४ गते नै अनिवार्य अवकासमा जानुपर्नेमा नगई ढाँटेर जबरजस्ती जागिर खाइ भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T