काठमाडौंं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुबाट साढे ८ अर्ब भन्दा बढीको पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुमा माघ मसान्तसम्ममा ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।
यो अवधिमा जीवन बीमा कम्पनीहरुबाट ६२ लाख २३ वटा पोलिसी मार्फ त उक्त रकम बराबरको पोलिसी सरेण्डर भएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबै भन्दा धेरै पोलिसी सरेण्डर एलआईसी नेपालको भएको छ । यो कम्पनीका बीमितले माघ मसान्तसम्ममा १५ हजार ३६२ पोलिसी सरेण्डर गरेका छन् । उक्त पोलिसीबाट यो कम्पनीले २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बीमितलाई सरेण्डबापत दिनु परेको छ ।
त्यस्तै धेरै पोलिसी सरेण्डर हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । यो कम्पनीबाट बीमितहरुले १४ हजार २५ वटा बीमा पोलिसी वापत २ अर्ब ३६ करोड २४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीबाट ७८ करोड ६४ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । यो कम्पनीबाट बीमीतले ८ हजार ४९१ वटा पोलिसी त्यागेका छन् । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सबाट बीमितले ३ हजार ७२० पोलिसीबाट ५५ करोड १५ रुपैयाँ रुपैयाँ सरेण्डर भएको छ ।
त्यस्तै माघ महिनासम्मको अवधिमा एशियन लाइफ इन्स्योरेन्सले ५४ करोड १९ लाख रुपैयाँ बराबरका ५ हजार १११ वटा पोलिसी सरेण्डर भएका छन् । त्यस्तै सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ३ हजार ४८३ पोलिसीबाट ४६ करोड ९९ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ४ हजार १३७ पोलिसीबाट ३७ करोड ८१ लाख रुपैयाँ र मेट लाइफको २ हजार ९५ पोलिसीबाट २४ करोड १२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
त्यस्तै, सात महिनाको अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ हजार ७७ पोलिसीबाट १५ करोड ३६ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १ हजार ७३ पोलिसीबाट १२ करोड ३१ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १ हजार ६६० पोलिसीबाट १४ करोड ९१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८८२ पोलिसीबाट १२ करोड ४६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९६५ पोलिसीबाट ६ करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको ४४२ पोलिसीमार्फत ४ करोड ५५ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।







प्रतिक्रिया दिनुहोस्