Skip to content

प्रि ओपन सेसनमा करिब १० अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १० अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ दशमलव ९४ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २९०० विन्दु पार गरेको छ । आजको प्रि ओपनको कारोबार बन्द हुँदा नेप्से परिसूचक २९०० दशमलव २३ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४८७ दशमलव १३ विन्दुमा पुगेको छ । सोमबारको प्रि ओपन सेसनमा ९५ कम्पनीका ३० हजार ९४३ कित्ता सेयर २५० पटक खरिद बिक्री हुँदा १ करोड ६० लाख ४३ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime